इभीमा भन्सारमा कर मात्र बढाएर हुँदैन, आवश्यक इको सिस्टममा लगानी गर्नुपर्छ : श्रममन्त्री भण्डारी

बिजमाण्डू
२०८१ चैत्र २६ गते १०:५४ | Apr 8, 2025
इभीमा भन्सारमा कर मात्र बढाएर हुँदैन, आवश्यक इको सिस्टममा लगानी गर्नुपर्छ : श्रममन्त्री भण्डारी


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अटो क्षेत्रको विकासका लागि ‘इको सिस्टम’ निर्माणमा लगानी गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
NLIC

आज नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले आयोजना गरेको नाडा अटो डाइलग २०८१ मा उनले इभीलाई भन्सारमा कर मात्र बढाएर नहुने भन्दै ‘इको सिस्टम’ मा लगानीको आवश्यकता औंलाएका हुन्।

‘भन्सारमा कर मात्रै बढाएर हुँदैन। अटोको लागि आवश्यक इको सिस्टममा पनि लगानी गर्ने वातावरण बनाउने तर्फ अग्रसर हुनु पर्छ। अटो मोबिलिटीमा पनि सरकारले कदमहरु चाल्नु पर्छ,’ उनले भने।

उनले नेपाली जनशक्ति हाल ‍विदेशमा गएर अटो पार्ट्सहरु निर्माण गरिरहेको भन्दै नेपालमा पनि सोही किसिमको वातावरण नबनाउनुपर्ने बताए।

‘आफ्नै देशमा गाडीहरुको पार्ट्स उत्पादनको वातावरण बनाउन अहिले वैदेशिक रोजगारीमा जानेहरुलाई लगाउन सक्छौं। व्यवसायीहरुले अहिले गर्न खोजेको प्लान्टहरु निर्माणले यो कुराहरूलाई आत्मसात गर्न सक्छ। जसले नेपालमा रोजगारी प्रदान गर्न ठूलो भूमिका खेल्ने छ,’ उनले भने।