हुलास स्टील पश्चिम क्षेत्रतर्फ व्यवसाय बढाउँदै, बुटवलमा उत्पादन तथा सेवा केन्द्र स्थापना

बिजमाण्डू
२०८१ चैत्र २२ गते १२:०१ | Apr 4, 2025
हुलास स्टील पश्चिम क्षेत्रतर्फ व्यवसाय बढाउँदै, बुटवलमा उत्पादन तथा सेवा केन्द्र स्थापना


काठमाडौं। हुलास स्टील इण्डष्ट्रिजले बुटवलमा पनि कारखाना खोलेको छ। बाराको सिमरामा ४३ वर्षदेखि संचालनमा रहेको उद्योगले बुटवल क्षेत्रमा छिटो छरितो सेवा दिने भन्दै उत्पादन तथा सेवा केन्द्र स्थापना गरेको हो।

Tata
GBIME
NLIC

ग्राहकले अर्डर गर्नासाथ गुणस्तरीय एच स्पान र हुलास हेरिटेज सिट उत्पादन गरी उपलब्ध गराउने उद्योगले जनाएको छ।

उद्योगका अनुसार बुटवलमा उत्पादन तथा सेवा केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका ग्राहकले अर्डर गरेको २४ घण्टाभित्र डेलिभरी पाउने छन्।


उपभोक्ताको रोजाई र साईजमा उत्पादन गरी आपूर्ति गर्ने भएको हुनाले अनावश्यक खर्च कटौती हुने उद्योगले जनाएको छ।

‘हाम्रा डिलरहरुले धेरै स्टक राख्नु पर्ने झन्झट हट्छ। आवश्यक पर्दा मात्रै सामान मगाए हुनेछ,’ उद्योगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत भनेको छ।