नेप्सेमा दुई कम्पनीको ३ करोड ६८ लाख कित्ता हकप्रद सेयर सूचीकृत, कसको कति?

बिजमाण्डू
२०८१ चैत्र १९ गते १६:१० | Apr 1, 2025
नेप्सेमा दुई कम्पनीको ३ करोड ६८ लाख कित्ता हकप्रद सेयर सूचीकृत, कसको कति?


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर थपिएको छ। नेप्सेमा मंगलबार बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत भएको हो।

Tata
GBIME
NLIC

बलेफी हाइड्रोपावरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयर सूचीकृत पछि बलेफीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

यस्तै, ङादी ग्रुप पावरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर थपिएको हो। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयर सूचीकृत भएपछि ङादीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ पुगेको छ।