हिमालय एयरलाइन्सले पोखरामा थाल्यो नियमित अन्तर्राष्ट्रिय उडान, ल्हासाबाट ल्यायो १०७ यात्रु

बिजमाण्डू
२०८१ चैत्र १८ गते १८:४६ | Mar 31, 2025
हिमालय एयरलाइन्सले पोखरामा थाल्यो नियमित अन्तर्राष्ट्रिय उडान, ल्हासाबाट ल्यायो १०७ यात्रु

काठमाडौँ। हिमालय एयरलाइन्सले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। कम्पनीले सोमबारदेखि ल्हासाबाट पोखरामा नियमित उडान सुरु गरेको हो।

Tata
GBIME

कम्पनीको एयरबस ३१९ सिरिजको जहाजमा १०७ यात्रु ल्याएको छ। कम्पनीले बुधबार पोखराबाट ल्हासामा उडान गर्नेछ। पोखरा-ल्हासाको उडान दूरी डेढ घण्टाको हो।

कम्पनीका अध्यक्ष झोउ एनयोङले ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान ऐतिहासिक भएको बताए।

‘यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदान प्रदानका नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण पहल पनि हो। हामी यस उडानको दीर्घकालीन सफलताका लागि निरन्तर सहयोगको अपिल गर्दछौं,’ उनले भने।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले चीनका विभिन्न १० गन्तव्यमा उडान गरी वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपाल ल्याउने लक्ष्य रहेको बताए।