नेप्सेमा थपियो सेयर, मितेरी डेभलपमेन्ट बैंकको १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचीकृत

बिजमाण्डू
२०८१ चैत्र १७ गते २०:१० | Mar 30, 2025
नेप्सेमा थपियो सेयर, मितेरी डेभलपमेन्ट बैंकको १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो।

Tata
GBIME

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।