सुनको मूल्यमा सामान्य गिरावट, तोलाको १ लाख ७३ हजार ३ सय, चाँदी स्थिर 

बिजमाण्डू
२०८१ चैत्र १२ गते ११:०२ | Mar 25, 2025
सुनको मूल्यमा सामान्य गिरावट, तोलाको १ लाख ७३ हजार ३ सय, चाँदी स्थिर 


काठमाडौं। सुनको कारोबार मूल्य मंगलबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

साताको पहिलो दिन ९ सय रुपैयाँ घट्दा कारोबार मूल्य प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँ भएको थियो। सोमबार ६ सय रुपैयाँ घट्दै प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ घटेर आइतबार प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ भएको थियो। त्यसयता कारोबार मूल्य घटबढ भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३०१५.४६ डलरले कारोबार भइरहेको छ। सोमबार ३०२२.२४ डलर थियो। मंगलबार चाँदी प्रति औंस ३३.१२ डलर छ।