
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एप्पल सेक्युरिटिजलाई कारबाही गरेको छ। नेप्सेले एप्पल सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ।
तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सिफारिसपछि नेप्सेले एप्पल सेक्युरिटिजलाई निलम्बन गरेको हो।
सीडीएस एण्ड क्लियरिङले आइतबार कारबाहीका लागि नेप्सेलाई पत्र पठाएको थियो।