सुनको भाउमा लगातार गिरावट, प्रति तोला ६०० रुपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर

बिजमाण्डू
२०८१ चैत्र ११ गते ११:३४ | Mar 24, 2025
सुनको भाउमा लगातार गिरावट, प्रति तोला ६०० रुपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर


काठमाडौं। सुनको मूल्य लगातार घटिरहेको छ। ३ दिनयता लगातार घटिरहेको सुनको मूल्यमा सोमबार तोलामा ६ सय रुपैयाँले गिरावट आएको छ।

Tata
GBIME
NLIC

सोमबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार स्थिर छ। साताको पहिलो दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति‍ औंस ३०२२.२४ डलर रहेको छ। चाँदी प्रति औंस ३३.१९ डलर छ।