सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ

बिजमाण्डू
२०८१ चैत्र १० गते ११:३१ | Mar 23, 2025
सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ


काठमाडौं। सुनचाँदीको कारोबार मूल्य घटेको छ। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा ९ सय र चाँदी १५ रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको छ।

Tata
GBIME
NLIC

सुन प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत आइतबार र सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। मंगलबार बढेर १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको थियो भने बुधबार पुनः बढेर हालसम्मकै उच्च प्रति तोला १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।

बिहीबार स्थिर रहेको मूल्यमा एक हजार रुपैयाँ घटेर शुक्रबार प्रति तोला १ लाख ७५ रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ भएको छ। बिहीबारका तुलनामा शुक्रबार ३५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदी तोलाको २ हजार ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३०२२.९५ डलर छ भने चाँदी प्रति औंस ३३.०३ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिनका तुलनामा सुन प्रति औंस १३.७९ डलर र चाँदी ०.४४ डलरले घटेको छ।