
काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ हजार र चाँदीको मूल्य ३५ रुपैयाँ घटेको हो।
बुधबार अहिलेसम्मकै उच्च प्रति तोला १ लाख ७६ हजार रुपैयाँ पुगेको सुनको मूल्य बिहिबार स्थिर थियो। शुक्रबार सुनको भाउ प्रति तोला १ लाख ७५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको भाउ प्रति तोला १९९५ रुपैयाँमा आइपुगेको छ। चाँदीको मूल्य चैत ५ गते प्रति तोला २ हजार ५० रुपैयाँ पुगेकामा त्यसयता निरन्तर घटिरहेको छ।