स्वाभिमान लघुवित्तले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई ७३ लाख बराबरको बोनस सेयर

बिजमाण्डू
२०८१ चैत्र ८ गते १०:४९ | Mar 21, 2025
स्वाभिमान लघुवित्तले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई ७३ लाख बराबरको बोनस सेयर

काठमाडौं। स्वाभिमान लघुवित्तले लाभांश घोषणाा गरेको छ। लघुवित्तको संचालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

लघुवित्तले चुक्ता पुँजी हाल १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ छ। सेयरधनीले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात
लघुवित्तले ७३ लाख ६ हजार ९२९ रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

कम्पनीले बोनस सेयरको कर प्रयोजनार्थ ३ लाख ८४ हजार ५७५ रुपैयाँ छुट्याएको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लगानीकर्ताले पाउनेछन्।