
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। बिहीबार नेप्सेले कम्पनीको मूल्य समायोजन गरेको हो।
समायोजनपछि इन्स्योरेन्सको मूल्य प्रति कित्ता ६१७.९६ रुपैयाँ कायम भएको छ। सोही मूल्यमा कम्पनीको आइतबार सेयर कारोबार खुल्नेछ।
बिहीबार इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रति कित्ता ६६४.३१ रुपैयाँ थियो। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ७.५० प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत २१ गते साधारणसभा बोलाएको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ।