सुनको कारोबार मूल्य तोलाको १ लाख ७६ हजारमा स्थिर, चाँदी १५ रुपैयाँ घट्यो

बिजमाण्डू
२०८१ चैत्र ७ गते ११:३१ | Mar 20, 2025
सुनको कारोबार मूल्य तोलाको १ लाख ७६ हजारमा स्थिर, चाँदी १५ रुपैयाँ घट्यो


काठमाडौं। हालसम्मकै उच्च मूल्यमा पुगेको सुन अघिल्लै दिन कायममा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढे पनि नेपाली बजारका लागि प्रति तोला १ लाख ७६ हजार रुपैयाँबाट बिहीबार घटबढ भएको छैन।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनका तुलनामा तोलामा ८ सय रुपैयाँ बढ्दा बुधबार सुन उक्त मूल्यमा पुगेको हो। सुनको कारोबार मूल्य गत मंगलबार १ लाख ७५ हजार २ सय थियो भने गत आइतबार र सोमबार १ लाख ७४ हजार १ सय रुपैयाँमा स्थिर थियो।

चाँदीको मूल्य घट्ने क्रममा छ। अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदी प्रतितोला २ हजार ३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। बुधबार पनि चाँदी ५ रुपैयाँले घटेर प्रति तोला २ हजार ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य बढेर प्रति औंस ३०५२.१८ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३३.९ डलर छ।

बुधबार सुन प्रतिऔंस ३०३५.६७ डलर र चाँदी ३३.९९ डलरले कारोबार भएको थियो।