सेयर बजार २६८२.१५ विन्दुमा, नेप्से १४.८८ अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

बिजमाण्डू
२०८१ चैत्र ६ गते १५:२१ | Mar 19, 2025
सेयर बजार २६८२.१५ विन्दुमा, नेप्से १४.८८ अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा लगातार गिरावट आएको छ। नेप्से परिसूचक बुधबार १४.८८ अंकले ओरालो लागेर २६८२.१५ विन्दुमा आइपुगेको छ।

Tata
GBIME

होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

१८३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सामुदायिक लघुवित्तको मूल्य ९.२० प्रतिशतले घटेको छ। ५३ कम्पनीको भाउ बढेको छ। मिथिला लघुवित्तको सेयर सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ।

बजारमा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा धेरै २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड ४६ लाख र नेपाल रि-इन्स्योरेन्सको १७ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।