नेपालको फिन्टेकलाई ग्लोबल प्ल्याफर्ममा जोड्ने प्रयास, सम्झौतामा भयो हस्ताक्षर

बिजमाण्डू
२०८१ चैत्र १ गते १३:१३ | Mar 14, 2025
नेपालको फिन्टेकलाई ग्लोबल प्ल्याफर्ममा जोड्ने प्रयास, सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं। नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर (ट्याब ग्लोबल) र काठमाडौं फिन्टेकबीच समझदारी भएको छ। जसका लागि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।

Tata
GBIME

सम्झौतासँगै ट्याब ग्लोबलले काठमाडौं फिन्टेकलाई नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधि नियुक्त गरेको छ। जसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनललाई द एसियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इन्साइट्स, वेल्थ एण्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ।

सम्झौतामा हस्ताक्षर गर्दै ट्याब ग्लोबलका अध्यक्ष इम्यानुएल ड्यानियलले भने काठमाडौं फिन्टेकसँगको साझेदारीप्रति उत्साहित भएको भन्दै नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा रहेको बताए।

‘यस प्रक्रियालाई ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउनेछ। हामी नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं,’ ड्यानियलले भने।

त्यसैगरी, काठमाडौं फिन्टेकका संस्थापक सञ्जिव सुव्बाले नेपाल र भुटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोसेढुंगा सावित हुने बताए।

‘ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भूटानी बैंकिङ प्रोफेसनल लाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ सुब्बाले भने।