
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार प्रति तोला ४ हजार रुपैयाँ बढेपछि सुनको मूल्यमा नयाँ रकर्ड कायम भएको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रति तोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ। सुन गत बुधबार प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
फागुन १३ गते कायम भएको उच्च मूल्यको रेकर्ड शुक्रबार ब्रेक भएको हो। फागुन १३ गते प्रति तोला १ लाख ७१ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला २ हजार ५० रुपैयाँ पुगेको छ।