लगातार ७ दिन ओरालो लागेको नेप्से १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा, ८.२३ अर्बको कारोबार

बिजमाण्डू
२०८१ फागुन २८ गते १५:२२ | Mar 12, 2025
लगातार ७ दिन ओरालो लागेको नेप्से १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा, ८.२३ अर्बको कारोबार

काठमाडौं। लगातार सात दिन ओरालो लागेको सेेयर बजार बुधबार उकालो लागेको छ। नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेको छ।

Tata
GBIME

डेभलपमेन्ट र फाइनान्स बाहेकका उपसमूहले बजार बढाएका हुन्। इन्भेष्टमेन्टको सूचक सर्वाधिक १.७६ प्रतिशतले उकालो लागेको छ।

१४६ कम्पनीको सेयर मूल्य बढेको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.७९ प्रतिशतले उकालो लागेको छ।

८८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। विन नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच हुँदा माछापुच्छ्रे बैंकको संस्थापक सेयर सर्वाधिक ८१ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।

हिमालयन रि-इन्स्योरेन्सको ५६ करोड र एनआरएन एन्फ्रास्ट्रक्चरको ४९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।