सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको १ लाख ७० हजार ५ सय र चाँदी २ हजार

बिजमाण्डू
२०८१ फागुन २८ गते ११:३५ | Mar 12, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको १ लाख ७० हजार ५ सय र चाँदी २ हजार


काठमाडौं। साताको तेस्रो दिन घटेको सुनचाँदीको कारोबार मूल्य चौथो दिन फेरि बढेको छ। बुधबार सुन तोलामा ६ सय र चाँदी ३० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

गत सोमबारका तुलनामा ५ सय घट्दा मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबारका तुलनामा एक सय रुपैयाँ बढेर सोमबार प्रति तोला १ लाख ७० हजार ४ सय भएको थियो।

चाँदी उच्च मूल्यमा पुगेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो। यसअघि सोमबारका तुलनामा तोलामा १५ रुपैयाँ घट्दा मंगलबार प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २९१३.७८ डलर छ। चाँदी प्रतिऔंस ३२.७४ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस २८९७.७८ डलर र चाँदी ३२.१८ डलरमा कारोबार भएको थियो।