काउली र काँक्रोमा विषादीको मात्रा दिनहुँ बढी भेटिँदै, गोलभेंडामा पनि उच्च

बिजमाण्डू
२०८१ फागुन २७ गते १६:३६ | Mar 11, 2025
काउली र काँक्रोमा विषादीको मात्रा दिनहुँ बढी भेटिँदै, गोलभेंडामा पनि उच्च


काठमाडौं। उपत्यकाको बजारमा बेच्न ल्याइएका काउली र काँक्रोमा हरेक दिन विषादी बढी प्रयोग भएको भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशालाले हरिया तरकारीमा गरेको परीक्षणमा काँक्रो र काउली तोकिएको मात्राभन्दा बढी विषादी पाइएको हो।

Tata
GBIME
NLIC

धादिङबाट ल्याएको काउली र नवलपरासीबाट ल्याइएको काँक्रो परीक्षणमा बढी मात्रामा अर्गानोफस्फेट भेटिएपछि खान अयोग्य भएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार मंगलबार बिहान परीक्षण गरिएको धादिङको काउलीमा ५१.५६ प्रतिशत विषादी पाइएको छ। यसअघि सोमबार नवलपरासीबाट ल्याएको काँक्रोमा ५४ र  ४८ प्रतिशत विषादीको अवशेष थियो।

आइतबार धादिङबाट आएको काउलीमा ७१.४८ प्रतिशत अर्गानोफस्फेट प्रयोग भएको पाएको थियो। गत शुक्रबार सर्लाही र चितवनबाट आएको काँक्रो र गोलभेंडामा विषादीको मात्रा ३९ र ४३ प्रतिशत भेटिएपछि क्वारेन्टाइनमा राखिएको छ।

यो महिनामा हरेक दिन हरिया तरकारीहरुमा विषादी तोकिएको मात्राभन्दा बढी भेटिने गरेको केन्द्रीय कृषि प्रयोगशालाको विषादी रिपोर्टले जनाएको छ। कृषि प्राविधिकहरुका अनुसार तरकारीहरुमा विषादीको मात्रा सामान्यतः ३५ प्रतिशतभन्दा बढी हुनु मानव स्वास्थ्यका लागि घातक मानिन्छन्।