आज पनि सुनको मूल्य १०० रुपैयाँले बढ्यो, तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ

बिजमाण्डू
२०८१ फागुन २६ गते ११:०६ | Mar 10, 2025
आज पनि सुनको मूल्य १०० रुपैयाँले बढ्यो, तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ


काठमाडौं । सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको भन्दा सुन तोला आज १०० रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ७० हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिन पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७० हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने सोमबार स्थिर छ। आइतबार तोलामा ५ रुपैयाँ बढेर प्रति तोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको छ। सोमबार सुन प्रतिऔंस २९०९.७५ डलर छ। चाँदी प्रतिऔंस ३२.४२ डलरमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य प्रतिऔंस २९११.१७ डलर र चाँदी प्रतिऔंस ३२.५५ डलर थियो।