नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन, कृष्ण कार्कीदेखि पूर्णप्रसाद आचार्य सूचीमा

बिजमाण्डू
२०८१ फागुन २५ गते १७:३६ | Mar 9, 2025
नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन, कृष्ण कार्कीदेखि पूर्णप्रसाद आचार्य सूचीमा


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ) बन्न १० जनाले आवेदन दिएका छन्। नेप्सेको सीइओ छनोट समितिले फागुन १२ गते दरखास्त आह्वान गरी आइतबार अपराह्न ५ बजेसम्मको समय दिएकामा १० जनाको आवेदन परेको हो।

Tata
GBIME
NLIC

सीइओका लागि सीडीएस एण्ड क्लियरिङका पूर्वसीइओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीका नारद कुमार लुइँटेलले आवेदन दिएका छन्।

त्यस्तै, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाई, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशीको आवेदन परेको छ।

कार्की नेप्सेकै निवर्तमान सीइओ हुन्। माओवादी नेता जनार्दश शर्मा अर्थमन्त्री रहेका बेला नेप्सेको सीइओ बनेका कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो।

छनोट समितिले आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि बोलाउनेछ। त्यसपछि समितिले तीन जनाको नाम सिफारिस गर्नेछ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीइओ नियुक्त गर्नेछ। सीइओ सिफारिसका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ११ गते वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए।

समितिमा सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल सदस्य छन्।