
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट थप ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत खिच्न लागेको हो।
बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट २१ दिनका थप ५० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको ८४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।