
काठमाडौं। चिनियाँ विद्युतीय गाडी नामी, डिपल र सेरेसमा ग्राहकले रुची देखाएका छन्। एमएडब्लू वृद्धि इभी कार्निभलमा ग्राहकले तीनवटै ब्राण्डका गाडीमा रुची देखाएका हुन्।
तीन वटै ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले गरेको कार्निभलमा दैनिक डेढ सयदेखि २०० जना ग्राहक पुगिरहेका छन्। सबै ब्रान्डका गाडीप्रति ग्राहकले रुची देखाएको कम्पनीले जनाएको छ।
कार्निभलमा ग्राहकहरुले सेरेस, नामी र डिपल ब्रान्डका गाडी टेस्ट ड्राइभ र खरिद गर्न सक्नेछन्।

यी ब्रान्डका गाडीसँग ग्राहकले पुराना गाडी ‘एक्सचेन्ज’ गर्न पनि सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्सचेन्ज गर्दा ग्राहकले राम्रो ‘भ्यालुएसन’ पाउनेछन्।

कम्पनीले कार्निभलमा क्यास डिस्काउन्ट अफर, अन द स्पट फाइनान्स, नि:शुल्क बीमा सुविधाको व्यवस्था गरेको छ। साथै एक वर्षको सडक कर पनि नि:शुल्क हुने कम्पनीले जनाएको छ।

कम्पनीले आइफोन १६ प्रो म्याक्स दिने अफर समेत राखेको छ। यो अफर गाडी बुकिङ गर्नेहरुका लागि मात्रै हो। कार्निभल बुधबार सकिंदैछ



