‘किसान सरल कर्जा’ कार्यक्रम संचालन गर्न राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच सम्झौता

बिजमाण्डू
२०८१ फागुन २० गते १४:१९ | Mar 4, 2025
‘किसान सरल कर्जा’ कार्यक्रम संचालन गर्न राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच सम्झौता


काठामडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम संचालन गर्ने बारे प्रारम्भिक सम्झौता भएको छ।

Tata
GBIME
NLIC

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्नेछन्।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ। यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ। बढीमा १० लाख रुपैंयासम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ। र, गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई एक प्रतिशत ब्याज अनुदान दिनेछ।

हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ। यो कर्जा लगानी पश्चात कृषि उपजको व्यवसायिक उत्पादन भई स्वरोजगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।