
काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले जितेको छ।

दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपकाे उपाधि जितेको हो।

फाइनल खेलमा मैदान बाहिर मुख्य आकर्षणमा थिए विश्वकप फुटबल विजेता इटालीका लिजेण्ड गोलकिपर जनलुइजी बफोन।

युवा संघ नेपालको निम्तामा उनी आइतबार नेपाल आएका हुन्।

खेलअघि रंगशाला पुग्दा उनलाई रंगशालामा उपस्थित दर्शकले स्वागत गरेका थिए।


उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रेफ्रीलाई बल हस्तान्तरण गरेर खेल सुरु गर्न लगाएका थिए।


