
काठमाडौं। एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा फोटोनको शोरूम सञ्चालनमा ल्याएको छ।
चितवन र आसपासका क्षेत्रका ग्राहकहरूलाई मध्यनजर गरी शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालको यातायात क्षेत्रमा गेम चेन्जरका रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन इभी भ्यान औपचारिकरूपमा सार्वजनिक गरेको छ।
अग्लो छत सहितको माउन्टेन ईभी भ्यानमा १४ देखि १६ यात्रु बस्न मिल्छ। भ्यानमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री छ। जसले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि कमर्सियलका कार्यकारी निर्देशक विवेक सिकरियाले दिगो गतिशीलताप्रति कम्पनी सधैं प्रतिबद्ध रहेको बताए।