केपी ओली कपको फाइनल हेर्न नेपाल आइपुगे इटालीका विश्वकप विजेता गोलकिपर बफोन

बिजमाण्डू
२०८१ फागुन १८ गते १७:३९ | Mar 2, 2025
केपी ओली कपको फाइनल हेर्न नेपाल आइपुगे इटालीका विश्वकप विजेता गोलकिपर बफोन

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न इटालीका विश्वकप विजेता गोलकिपर जनलूईजी बफोन नेपाल आएका छन्।

Tata
GBIME

मच्छिन्द्र र त्रिभुवन आर्मीबीच हुने फाइनल खेलमा बफोन प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन्। फाइनल खेल सोमबार दशरथ रंगशालामा हुनेछ।

बफोन आजै काठमाडौं उत्रिएका हुन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिता तेस्रो संस्करण हो।