राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव

बिजमाण्डू
२०८१ फागुन १८ गते १०:४६ | Mar 2, 2025
राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट थप २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत खिच्न लागेको हो।

Tata
GBIME
NLIC

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो।

बोलकबोल उपकरणमार्फत २२ दिनका लागि पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको १ खर्ब २९ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।