
काठमाडौं। नेपाल टेलिकममा पनि अब ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ। टेलिकमले न्यूनतम टप-अप रकम ५० रुपैयाँ बनाएसँगै त्योभन्दा कम मूल्यको रिचार्ज गर्न नमिल्ने भएको हो।
मोबाइल वालेट इसेवाले सूचना जारी गर्दै टेलिकमले न्यूनतम टप-अप रकम ५० रुपैयाँ बनाएको भन्दै त्योभन्दा कम मूल्यको रिचार्ज गर्न नमिल्ने जानकारी गराएको छ। इसेवासँगै अरु मोबाइल वालेट, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय माध्यममार्फत पनि ५० रुपैयाँभन्दा कमको रिचार्ज गर्न मिल्ने छैन। टेलिकमले पहिल्यैबाट ५० रुपैयाँभन्दा कमको रिचार्ज कार्ड छाप्ने गरेको छैन।
अर्को सेवा प्रदायक एनसेलले यसअघि नै न्यूनतम टप-अप मूल्य ५० रुपैयाँ तोकिसकेको छ।