
काठमाडौं। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अघि सेयर बजार ७.१३ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक २७६५.८८ विन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ। राष्ट्र बैंकले समीक्षा मार्फत सेयर धितो कर्जामा खुकुलो नीति लिने लगानीकर्ताको अपेक्षा छ।
मंगलबार कारोबारमा आएका विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन। अन्य उपसमूहको सूचक सर्वाधिक २.९० प्रतिशतले बढेको छ।
१०४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। गार्डियन माइक्रो लाइफ र नेपाल ल्युब आयलको मूल्य सर्वाधिक बढेको हो।
१३२ कम्पनीको मूल्य घटेको छ। ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्स ८३ करोड, हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी २९ करोड ७५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट २७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।