
काठमाडौं। ललितपुरको हरिसिद्धिमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा संचालनमा आएको छ। बैंकले १९९औं शाखा हरिसिद्धिमा संचालनमा ल्याएको हो।
यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या ४० पुगेको छ। वाग्मती प्रदेशमा मात्रै ५६ वटा शाखा संचालनमा छन्।
बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले आज नयाँ शाखाको शुभारम्भ गरेका हुन्। त्यस अवसरमा पाण्डेले नयाँ शाखाबाट हरिसिद्धि वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई आग्रह गरेका थिए।
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिनुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्षका लागि नि:शुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यस्तै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था पनि गरिएको छ। लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ रुपैयाँ छुट उपलब्ध हुने जनाइएको छ।