
काठमाडौं। नेपालीहरुले चालु आर्थिक वर्ष करिब १८ करोड रुपैयाँको पापड खाएका छन्। यो वर्ष ७ महिनामा भारत र चीनबाट १७ करोड ९९ लाख २५ हजार रुपैयाँको पापड आयात भएको छ।
दुई देशबाट ७ लाख ५५ हजार ६७७ केजी पापड आयात भएको भन्सार विभागले जनाएको छ। भारतबाट मात्र ७ लाख ५५ हजार ५३४ किलो पापड भित्रिएको हो।
गत वर्ष पहिलो सात महिनामा नेपालमा १८ करोड ४० लाख २४ हजार रुपैयाँको ८ लाख ८ हजार ३६४ केजी पापड आयात भएको थियो।
चीनबाट पोहोर ११६ किलो पापड आयात भएकामा यसपालि १४३ किलो भित्रिएको छ। पछिल्लो समय नेपालमै पापड उत्पादन हुने गरेपनि आयात खासै घट्न सकेको छैन।