लसुन आयात चार गुणाले वृद्धि, ७ महिनामा ६.२६ अर्बको भित्रियो, कागती करिब २८ करोडको

बिजमाण्डू
२०८१ फागुन ९ गते १५:०४ | Feb 21, 2025
लसुन आयात चार गुणाले वृद्धि, ७ महिनामा ६.२६ अर्बको भित्रियो, कागती करिब २८ करोडको


काठमाडौं। लसुनको आयात करिब चार गुणाले बढेको छ। गत आर्थिक वर्ष पहिलो ७ महिनामा ९९ लाख ९१ हजार ४२२ किलो लसुन आयात भएकामा यो वर्ष सोही अवधिमा ४ करोड ७५ लाख ६१ हजार ८८७ किलो भित्रिएको छ।

Tata
GBIME
NLIC

सात महिनामा ६ अर्ब २६ करोड ५४ लाख रुपैयाँको लसुन आयात भएको भन्सार विभागले जनाएको छ। सबैजसो लसुन चीनबाट आयात भएको हो।

व्यापारीहरुले भारतमा तस्करीका लागि चीनबाट लसुनको आयात बढाएका हुन्। ७ महिनामा भारत, चीन र बंगलादेशबाट ५ अर्ब ४९ करोड रुपैयाँको २१ करोड ७६ लाख किलो आलु आयात भएको छ।

त्यस्तै ४१ करोड ८४ लाख रुपैयाँको एक करोड ६२ लाख केजी गोलभेडा तथा २ अर्ब १४ करोड रुपैयाँको प्याज आयात भएको छ।

कृषि प्रधान देश नेपालले सात महिनामा २७ करोड ८२ लाख रुपैयाँको कागती आयात गरेको छ। यो अवधिमा ३० लाख ६१ हजार १७८ केजी कागती भारतबाट आयात गरिएको हो।

पोहोर ७ महिनामा ३७ करोड ३७ करोड ३१ लाख १८ हजार रुपैयाँको ४० लाख ४३ हजार ९६३ किलो कागती आयात गरिएको थियो।