लगातार ४ दिन बढेको सुनको मूल्य तोलामा एक हजार सस्तियो, चाँदीको भाउ पनि घट्यो

बिजमाण्डू
२०८१ फागुन ९ गते १०:५८ | Feb 21, 2025
लगातार ४ दिन बढेको सुनको मूल्य तोलामा एक हजार सस्तियो, चाँदीको भाउ पनि घट्यो


काठमाडौं। फागुन ५ देखि ४ दिन लगातार उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ। सुनको भाउ शुक्रबार प्रति तोला १ हजार रुपैयाँ सस्तिएको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारका लागि प्रति तोला एक लाख ७० हजार रुपैयाँ निर्धारण गरेको छ।

फागुन ४ गते प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ त्यसयता हरेक दिन बढेर बिहिबार १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी बिहिबार प्रति तोला एक हजार ९९५ रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९२८.६८ र चाँदीको मूल्य प्रति औंस ३२.२ डलरमा झरेको छ।