
काठमाडौं। एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुईवटा डेटा प्याक ल्याएको छ।
करसहित ९० रुपैयाँ पर्ने ९० अनलिमिटेड योजनाअन्तर्गत एनसेल प्रयोगकर्ताहरुले दुई दिनसम्म अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन्। एनसेलले डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरेको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्ने जनाएको छ। यो अफर छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प बन्ने विश्वास कम्पनीको छ।
एनसेल प्रयोगकर्ताहरुले एनसेल एप वा *१२३*४*१*४# डायल गरेर ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन्।
त्यसैगरी, ५० डेटा प्याकअन्तर्गत प्रयोगकर्ताहरुले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्छन्। यो डेटा तीन दिनसम्म मान्य रहने एनसेलले जनाएको छ। ग्राहकहरूले एनसेल एप वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन्। यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगितका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।