सुरु भयो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप, २५ लाखको पुरस्कार

बिजमाण्डू
२०८१ फागुन ८ गते १६:२७ | Feb 20, 2025
सुरु भयो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप, २५ लाखको पुरस्कार


काठमाडौं । दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप सुरु भएको छ। च्याम्पियनसिपको अन्तिम चरणको खेल आज देखी सुरु भएको हो।

Tata
GBIME
NLIC

च्याम्पियनसिपमा दोस्रो इ-स्पोर्ट्स नेसनल च्याम्पियनसीपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

च्याम्पियनसीपको कूल पुरस्कार राशी २५ लाख रहेको छ। जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा हुँदैछ।