
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ।
२०७१ फागुन १ गते इन्टरनेट सेवा सञ्चालनको अनुमतिपत्र पाएको कम्पनीले तोकिएको समयभित्र नवीकरणको निवेदन नदिएपछि प्राधिकरणले लाइसेन्स खारेज गरेको हो। नियमानुसार बुझाउनुपर्ने रकम ३० दिनभित्र बुझाउन प्राधिकरणले ताकेता गरेको छ।
प्राधिकरणले गत पुसमा वीरगंजको डल्फिन नेट र तनहुँको र्यापिड युनिक नेटवर्कको लाइसेन्स खारेज गरेको थियो।