सुन लगातार बढ्दै तोलाको १ लाख ७१ हजार रुपैयाँ, चाँदी पनि बढेर २ हजारनजिक

बिजमाण्डू
२०८१ फागुन ८ गते ११:०० | Feb 20, 2025
सुन लगातार बढ्दै तोलाको १ लाख ७१ हजार रुपैयाँ, चाँदी पनि बढेर २ हजारनजिक


काठमाडौं। सुनको मूल्य लगातार बढ्दै तोलाको १ लाख ७१ रुपैयाँ पुगेको छ। कारोबार मूल्यमा यो बढोत्तरी ऐतिहासिक हो। यसअघि पनि हालसम्मकै उच्च हुने क्रममा गत कात्तिक १५ मा उक्त मूल्यमा पुगेको सुन क्रमिक घटेको थियो। पुन: बढेर बिहीबार सोही मूल्यमा पुगेको हो।

Tata
GBIME
NLIC

बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ बढेको छ भने चाँदीमा १० रुपैयाँको बढोत्तरी छ। बुधबार सुन तोलामा १ हजार १ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ७० हजार ५ सय रुपैयाँ भएको थियो। मंगलबार तोलाको १ लाख ६९ हजार ४ सय रुपैयाँ थियो।

चाँदी बढेर बिहीबार प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। बुधबार तोलाको १ हजार ९ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस २९३९.५३ डलर पुगेको छ भने चाँदी प्रति औंस ३२.८६ डलरले कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस २९२९.३४ डलर र चाँदी ३२.६५ डलर थियो।