
काठमाडौं। सुनको मूल्य लगातार बढेको छ। अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढेर मंगलबार सुन प्रति तोला १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ।
नेपाल सनुचाँदी व्यवासायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँ थियो। आइतबारका तुलनामा सोमबार तोलामा १ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।
चाँदीको कारोबार मूल्य मंगलबार स्थिर छ। सोमबार तोलामा १५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन प्रति औंस २९१०.७६ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ३२.४३ डलर छ।
सोमबार सुन प्रति औंस २९००.१४ डलर र चाँदी ३२.३८ डलर थियो।