रायन इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बिजमाण्डू
२०८१ माघ ३० गते १२:२३ | Feb 12, 2025
रायन इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौं। रायन इनर्जी प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आइपीओ जारी गर्न लागेको हो।

Tata
GBIME
NLIC

आइपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यसका लागि दुई पक्षबीच सहमति भएको छ।

मंगलबार भएको सम्झौता कार्यक्रममा रायन इनर्जीका प्रबन्ध संचालक दीपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

रायन इनर्जी दुई तथा तीन पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र संचालन प्रणाली एकीकृत गर्ने उद्देश्यले स्थापित कम्पनी हो। यसको केन्द्रीय कार्यालय दरबारमार्गमा छ।

कम्पनीले २०७८ पुसमा उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक सवारी साधनहरू (दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे) एसेम्बल गर्न अनुमति प्राप्त गरेको थियो।

कम्पनीले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दीगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ।