एनआइसी एसिया बैंकले ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

बिजमाण्डू
२०८१ माघ २९ गते ११:१८ | Feb 11, 2025
एनआइसी एसिया बैंकले ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं। एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले १०० रुपैयाँ दरले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्न लागेको हो।

Tata
GBIME

उक्त्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर बैंकको साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृति बैंक पश्चात जारी गर्नेछ।

के हो अविमोच्य असञ्चिति अग्राधिकार सेयर ?

अविमोच्य असञ्चिति अग्राधिकार सेयर भनेको कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधरण सेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रमोटर इक्विटी सेयर जस्तै हो । प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर भनिन्छ।अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण सेयर बापतको लाभांश बाँडिन्छ।

यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि हालै बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ। यसले विशेषगरि प्राथमिक पुँजीकोष (टायर वन) को दबाबमा परेर व्यवसाय विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाह गर्ने बाटो खोलिदिएको छ।