शीरमा तागी सजाएर तामाङ युवायुवतीको नृत्य, टुँडिखेलमा सोनाम ल्होछारको उमंग (तस्विरहरु)

प्रवीण रानाभाट
२०८१ माघ १७ गते १९:१५ | Jan 30, 2025
शीरमा तागी सजाएर तामाङ युवायुवतीको नृत्य, टुँडिखेलमा सोनाम ल्होछारको उमंग (तस्विरहरु)


काठमाडौं । तामाङ समुदायले आज देशभर विभिन्न कार्यक्रम गरि सोनाम ल्होछार मनाएका छन्। आजबाट ड्रुल(ड्र्यागन) वर्ग पुरा गरि डुल(सर्प) वर्ग सुरु भएको छ।

Tata
GBIME
NLIC

राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिले यही अवसरमा काठमाडौंको टुंँडिखेलमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

माघ १५ गतेदेखि सुरु भएको कार्यक्रमको समापन आज भएको छ। माघ १६ गते टुँडिखेलमा ‘ल्होछार इभ’ कार्यक्रम गरिएको थियो।

आज ताम्बा, लामा, बोम्बोले झाँकी प्रदर्शन गर्दै टुँडिखेल परिक्रममा गरेका थिए। तामाङ भूषभूषामा आज झाँकी र्‍याली पनि निकालिएको थियो।

तामाङ युवायुवतीहरुले पम्परागत तामाङ तागी शीरमा पहिरिएर नृत्य गरेका थिए।