
काठमाडौं। नेपालमा पछिल्लो समय धेरै रुचाइएको चाङ्गन डिपलको नयाँ मोडल ई-०७ नक्साल शोरुममा आइपुगेको छ। डिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु बृद्धि अटोकर्पले उक्त गाडीलाई शनिबार शोरुममा राखेर ‘एक्सक्लुसिभ स्निक पिक’को आयोजना गरेको छ।
यो गाडी नेपालमा डिपलको तेस्रो मोडल हो। यसअघि एसयूभीमा डिपल एस-०७ र सेडानमा एल-०७ बजारमा उपलब्ध छन्।

अहिले आएको यो नयाँ एसयूभीलाई पिकअप पनि बनाउन सकिन्छ। जसलाई कन्भर्टिबल एसयूभी भनिएको छ।
यसमा ९० किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ भने १९० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ।

यसमा भएको ब्याट्री फुल चार्ज गर्दा ५६६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यो गाडी नेपाली बजारमा आगामी सोमबार सार्वजनिक हुँदैछ।