
काठमाडौं। मलेसियन गाडी उत्पादक ब्रान्ड प्रोटोनको विद्युतीय गाडी पनि नेपाल आएको छ। यसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोनको इभी नेपाल ल्याएको हो।
कम्पनीले शुक्रबार प्रोटोन ई-म्यास ७ को अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। ई-म्यास ७ म्याक्स भेरियन्टको मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा १६० किलोवाट क्षमताको मोटर पावर छ। साथै ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ।
यसैगरी, ई-म्यास ७ लाइट भेरियन्टको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। मोटर पावर १६० किलोवाट क्षमताको छ।