
अहिले कतै न कतै हाम्रो अर्थतन्त्रमा रोग लागेको छ। अर्थतन्त्रसँग बैंकिङ क्षेत्र जोडिएको हुन्छ। अर्थतन्त्रमा समस्यामा परेको बेला बैंकिङ क्षेत्र त्यसबाट अछुतो हुने भएन। त्यसकारण अर्थतन्त्रमा परेको असर बैंकिङ क्षेत्रमा देखिएको हो। समग्र अर्थतन्त्रले नै राम्रो गर्न नसकेको बेलामा त्यसको असर बैंकिङ अन्य क्षेत्रहरुमा समेत पर्छ। अर्थतन्त्रले राम्रो गरेको बेलामा कुनै एउटा सेक्टरले राम्रो गर्न सकेन भने त्यसलाइ सूक्ष्म रुपमा हेर्नु पर्छ। तर, अर्थतन्त्रले राम्रो गर्न नसकेको बेलामा कुनै एउटा सेक्टरलाई हेरेर त्यो समस्यामा छ भन्न उपयुक्त्त होइन।
अहिले अर्थतन्त्रले राम्रो गर्न नसकेका कारण त्यसको असर बैंक तथा वित्तीय संस्थाहरु परेको छ। बैंक तथा वित्तीय संस्था समस्यामा छ भनिरहँदा हाम्रो अर्थतन्त्र र हामी कहाँ छौं भनेर हेर्नुपर्छ।
अर्थतन्त्रले राम्रो गरेको बेलामा कुनै एउटा सेक्टरले मात्रै राम्रो गर्न सकेन भने त्यो बेलामा त्यसलाइ सूक्ष्म रुपमा हेर्नु पर्छ। अहिले समग्र अर्थतन्त्र समस्यामा परेको बेलामा त्यसको असर अन्य क्षेत्रमा परेको हो। अहिले एउटा राम्रो कुरा बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै नै घटिसकेको छ।
कुनै बेला विकास बैंकहरुको संख्या ९१ पुगेकोमा अहिले १७ वटामा झरेका छौं। संख्या थोरै हुँदा नियामकीय निकायलाई सुपरिवेक्षण गर्न सहज हुन्छ। संख्या थोरै हुँदा कहाँ के भइरहेको थाहा हुन्छ।
कुन बैंकमा के भइरहेको छ त्यो सबै नियामकलाई थाहा हुन्छ। अहिले वित्तीय संस्थाहरु बैंकहरु देशभर पुगेका सेवा दिइरहेका छन्। अर्थतन्त्रमा परेको समस्याको असर बैंकिङहरु क्षेत्रमा परेको हुँदा परिस्थिति अलि चुनौतीपूर्ण छ।
हालै कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिएर सुधारको काम थालेको छ। राष्ट्र बैंकले काम थालिसकेको हुँदा चाडै बैंक सुधार हुन्छ भन्ने विश्वास छ। वित्तीय संस्थाहरु सानो समस्या आउदैमा सकिइहाल्छन् भन्ने हुँदैन। तर, कुनै पनि संस्थाहरुमा समस्या देखियो भने सुरुवातमै त्यसलाई सम्बोधन गरिनुपर्छ। समस्यालाई आकार बढेर ठूलो हुनबाट जोगाउनु पर्छ।
सानो समस्या देखिनासाथ साथ सबैलाई कारवाही गरिहाल्नु पर्छ भन्ने होइन। सुरुवातमा सुधार गर्न थालियो भने ठूलो समस्या आउँदैन। कुनै समस्या आउनासाथ सुधारको पहिलो दायित्व नै संस्थाको हुन्छ। आफूले सुधार गर्दा पनि समस्या कम हुन असहज भए बाह्य सहयोग लिने र नियामकबाट समस्याको बारेमा जानकारी गराउने र सुधारको काम गर्नुपर्छ।
समयमा समस्याको सुधार गर्ने सिस्टम भइदिए ठूलो जोखिममा जानबाट बच्छौं। बैंक तथा वित्तीय संस्थाहरुमा समस्या हुनु भनेको त्यसको असर ठूलो हुन्छ। त्यो नहोस् भनेर समयमा समस्याको समाधान खोजियो त्यो राम्रो हुन्छ।
अहिलेको समस्या विकास बैंक र फाइनान्स कम्पनीहरुमा मात्रै नभएर समग्र अर्थतन्त्रमा परेको छ। त्यसकारण त्यसको असर बैंक तथा वित्तीय संस्थाहरुमा परेको छ। समस्या सानोबाट सुरु भएर ठूलो हुँदै जान्छ। अहिले सहकारी, लघुवित्त, फाइनान्स कम्पनी हुँदै विकास बैंक समग्र वित्तीय क्षेत्रमा पर्छ।
हामी ग्रामीण क्षेत्रका दूरदराजमा उपस्थित भएर सेवा दिइरहेका छौं। कतिपय ठाउँमा विकास बैंक र फाइनान्स कम्पनी चाहिदैन भनेको सुन्छौं। यी संस्थाहरुले ग्रामीण क्षेत्रमा महत्त्वपूर्ण योगदान छ। हिजोको दिनमा पुर्याएको योगदान, अहिले गरिरहेको योगदान र भविष्यमा हुने योगदानलाइ तुरुन्त सबै बिर्सन हुँदैन।
समस्या आउँछ चुनौती आउँछन्, त्यो चुनौतीलाई चिर्दै जानु पर्छ। समस्या के हो ? पहिचान गरी त्यसको समाधान गर्दै अघि बढ्नु पर्छ। कुनै पनि समस्या बढ्न नदिन समयमा संस्थाहरुले समयमा प्रयास गर्ने र रेगुलेटरबाट सल्लाह सुझाव लिनु जरुरी देख्छु।
अर्थतन्त्रमा परेको समस्याले बैंक तथा वित्तीय संस्थाहरुमा कुनै समस्या आयो भने सीमित ठूलो कर्जामा समस्या हुन्छ भन्ने थियो। तर, पछिल्लो दिनहरुमा साना साना कर्जामा पनि समस्या देखिन थालेको छ। सानो कर्जा समस्या बढ्नुलाइ सबैले नियालेर हेर्न जरुरी छ। ठूला ऋणीहरुको वित्तीय स्ट्रेन्थ ठूलो छ। आम्दानीको स्रोत नै धेरै हुन्छ। एउटा मात्रै बिजनेस हुँदैन। कुनै एक-दुई क्षेत्रको आम्दानी रोकिँदा पनि अन्य क्षेत्रबाट आउने सम्भावना रहन्छ। दोस्रो, त्यो लेबलमा पुगेका ऋणीले धेरै सम्पत्ति एकुमुलेट गरेको हुन्छ। एउटा क्षेत्रमा समस्या आउँदा अन्यबाट आम्दानी भइरहेको हुन्छ। कुनै सम्पत्ति बेचेर कर्जा तिर्न सक्नुहुन्छ। तर, साना ऋणीहरुको हकमा यो लागू हुँदैन।
विगतमा साना ऋणी किन सुरक्षित भन्थ्यौँ, साना ऋण बिग्रिने सम्भावना कम भएका कारण त्यसलाई कम जोखिमका रुपमा लिने गरेका थियौं। जब साना ऋणीले कर्जा तिर्न सकेनन् भने अब चाहिँ साँच्चिकै समस्या आयो, समस्या भएर ऋण तिर्न सकेनन् भनेर बुझ्नुपर्छ। उहाँहरुसँग धेरै सम्पत्ति हुँदैन। ऋण तिर्न पनि भएको घर बिक्री गर्नुपर्यो। यसले अब साँच्चिकै समस्या सुरु भयो। विकास बैंक र फाइनान्स कम्पनीहरुमा मात्रै नभएर वाणिज्य बैंकका साना ऋणीले समेत कर्जा तिर्न नसकेको अवस्था छ। यो समस्याका निदानका लागि आर्थिक गतिविधि बढ्नु पर्छ। जबसम्म आर्थिक गतिविधि बढ्दैन तबसम्म सुधार हुने देखिदैन।
अहिले कर्जाको माग नै छैन भनेर भनिरहेका छौं। माग नभएपछि आर्थिक गतिविधि भएको छैन्। घरजग्गा मात्रै होइन रिटेल मार्केटमा पनि पहिलेको जस्तो माग छैन। रिटेल मार्केटमा बसेर काम गर्नेले पनि अहिले चाइनाबाट लुगा आयात गरेर पहिले जस्तो बेच्न सकेको छैन भन्ने कुरा गर्छन्। डिमान्ड घटेको छ। डिमान्ड घट्नाले राजस्व घट्छ। उसको व्यापार घट्यो, उसँग काम गरिरहेकाको रोजगारी घट्यो। यो सबै हेर्दा यसको असर हुन्छ।
हामीकहाँ धेरै कुरा घरजग्गा गएर ठोकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि घरजग्गा धितो राखेर कर्जा दिने गरेका छौं। पछिल्लो दुई-तीन वर्षमा घरजग्गा कारोबार सुस्त छ। त्यसमा भएको लगानी जाम भएको छ।

अहिले पनि विकास बैंक र फाइनान्स कम्पनीहरुका ऋणीमा समस्या मात्रै भएर ऋण तिर्न नसकेको भन्ने होइन। हाम्रो ऋणी साना चाहे वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैतिर हो। अहिले चुनौती धेरै फिल गर्दैनौं। अहिले कर्जाको माग नै बढ्न सकेको छैन। माग भइहाले पनि कर्जा दिन त्यति सहज स्थिति छैन।
आजको दिनमा वाणिज्य बैंक र साना वाणिज्य बैंकहरुमा पनि केही इम्प्याक्ट देख्छौ होला। सधैं थोरै क्यापिटलमा बसिरहँदा भोलि व्यवसायमा प्रतिस्पर्धा गर्न हामीलाई पनि केही गाह्रो हुने स्थिति आउँछ। बजार एउटै ट्रार्गेटेट क्लाइन्ट एउटै भएपछि केही चुनौती सामना गर्ने स्थिति आउँछ। जोखिम बढ्दै गइरहेको अवस्थामा हाम्रो क्यापिटल पुग्छ पुग्दैन, यसको रोग के हुन्छ, यसको गहनरूपमा अध्ययन गर्नुपर्ने अवस्था छ।
अहिलेको यो परिस्थिति बैंक तथा वित्तीय संस्थाहरुको जथाभावीले गर्दा आएको होइन। हामीकहाँ बाह्य रुपमा देखिएका समस्याको असर आन्तिरक अर्थतन्त्रमा पर्छ। रसिया-युक्रेन युद्धको असर विश्वमा देखियो। चाइनाको इकोनोमीको कुरा गर्दा ४/५ वर्षअघिको जस्तो छैन। चाइना ठूलो इकोनोमी भएको राष्ट्र हो। रियल स्टेटमा समस्या आएपछि त्यो धेरैमा पैसा जाम भयो। चाइनामा पढे लेखेका मानिसहरु डेलिभरी ब्वाइदेखि वेटर भएर काम गरिरहेका छन।
संसारको दोस्रो ठूलो अर्थतन्त्र देशमा समस्या हुँदा त्यसको असर हामी कहाँ आउँछ की आउदैन? त्यसको असर त पक्कै पनि पर्छ। बाह्य समस्याको असर देशको अर्थतन्त्रमा परेको छ।
हाम्रो सेभिङ ग्रेस भनेको नै विदेशी विनिमय सञ्चितिमा छ। त्यसको आधारमा हामी सुरक्षित छौं। तैपनि आन्तरिकरुपमा कर्जाको माग नै छैन। हामीकहाँ धेरै कुरा घरजग्गा गएर ठोकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि घरजग्गा धितो राखेर कर्जा दिने गरेका छौं। पछिल्लो दुई-तीन वर्षमा घरजग्गा कारोबार सुस्त छ। त्यसमा भएको लगानी जाम भएको छ। त्यसको योगदान अर्थतन्त्रमा सकारात्मक छैन।
आजको दिनमा मानिसहरुले घरजग्गा बेच्छु भन्दा बिक्री भइरहेको छैन। यो सबै कुरालाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरुमा के समस्या त्यति ठूलो छैन। अहिले सबै क्षेत्रमा परेको समस्याका कारण त्यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको छ। विगतमा पनि घरजग्गा मूल्य घट्यो, राखेको धितो बिक्री भएन भने त्यसको असर बैंकहरुमा पर्छ भन्नेका थियौं।
हामी बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुशासन चल्नुपर्छ। संस्थागत सुशासन चुक्नु हुँदैन। अहिलेको परिस्थिति नै गाह्रो छ। यस्तो अवस्थामा हामी आत्तिएर भन्दा पनि धैर्य भएर अगाडि बढ्नुपर्छ। राष्ट्र बैंकले प्रोजेक्सन गरेको लोनको ग्रोथ विगत २ वर्षमा पुरा हुन सकेन। अहिले पनि त्यो लक्ष्य पूरा हुने अवस्था देखिदैन।
कर्जाको माग भएन भनेर आत्तिएर जथाभावी लगानी गर्नेभन्दा पनि होसियारपूर्वक जानु पर्छ। असहज परिस्थितिमा एग्रेसिभ होइन संयम भएर अगाडि कसरी आगाडि बढ्ने ध्यान दिनु पर्छ। सधैं समय एकनास हुँदैन। एक दिन राम्रो अवस्थामा जान्छौँ। अहिले अनावश्यक जोखिम नलिएर जानु बढ्ने समय होइन।