सेयर बजारलाई बुलिस बनाउने मन्त्रले फेल खायो, ब्याजदर सस्तिंदा पनि बढ्न सकेन लगानी

सुनिल कुँवर
२०८१ माघ ८ गते १५:५२ | Jan 21, 2025
सेयर बजारलाई बुलिस बनाउने मन्त्रले फेल खायो, ब्याजदर सस्तिंदा पनि बढ्न सकेन लगानी


काठमाडौं। बैंकिङ प्रणालीमा उच्च तरलता र सस्तो ब्याजदरले सेयर बजार बुलिस बनाउने विगतको दृष्टान्तले यसपटक फेल खाएको छ।

Tata
GBIME
NLIC

कर्जाको ब्याजदर साढे तीन वर्षअघिको विन्दुमा आइपुग्दा सेयर बजार बढ्न सकेको छैन। २०७८ साउनमा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ८.४८ प्रतिशत हुँदा सेयर बजार ३१६० अंकमा थियो।

एकल अंकमा आएको ब्याजदरका कारण नेप्सेले लामै समय बुलिस ट्रेन्ड समात्यो। २०७८ भदौ २ गते नेप्सेले ३१९८ अंकको रेकर्ड बनायो।

अहिले कर्जाको ब्याजदर ४२ महिना अघिकै हाराहारीमा छ। मंसिरमै वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ८.९० प्रतिशतमा आएकामा त्यसपछि पनि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्।

असारपछि उकालो लागेको बजार डेढ महिना बढेर ३००० विन्दुसम्म पुगेकामा भदौयता २४००-२७०० विन्दुमा घुमिरहेको छ। नेप्से मंगलबार २६१३ अंकमा छ।

बैंकको आधार दर अहिले औसत ६.७४ प्रतिशत छ। गत वर्ष यतिखेर आधार दर ९.४४ प्रतिशत हुँदा कर्जाको औसत ब्याजदर ११.३८ प्रतिशत थियो। बैंकहरुसँग लगानीयोग्य रकम अधिक हुँदा मंसिरयता कर्जाको ब्याजदर अझै सस्तिएको छ। तर, अनुकूल ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छैन।

पूर्वबैंकर अनलराज भट्टराई सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि क्याप हटाइएपनि बैंकिङ क्षेत्र नै धेरै ऋण दिन सक्ने अवस्थामा नरहेका कारण विगतमा जस्तो बजार बढ्न नसकेको बताउँछन्।

‘पहिले ब्याजदर न्यून हुँदा र बैंकबाट कर्जा प्रवाह हुँदा बजार पोजेटिभ हिसाबले जान्थ्यो। तर, अहिले बैंकिङ क्षेत्रसँग कर्जा दिन सक्ने धेरै क्षमता छैन। कर्जा लगानीको सीमा नै स्ट्रेसमा गइसेकाले बजारलाई लिड गर्न सकेन,’ उनले भने।

आर्थिक वर्ष २०७८/७९कर्जाको औसत ब्याजदरनेप्से सूचक
साउन८.४८३१६०
भदौ८.५७३१९८
असोज८.६९२६५७
कात्तिक९.०२२७८५
मंसिर९.२९२४१५
पुस९.४४२८५८
माघ१०.३१२८०२
फागुन१०.६२६६८
चैत१०.७८२४१५
वैशाख११.४२२३५०
जेठ११.५४१९९६
असार११.६२२०१०
आर्थिक वर्ष २०७९/८०
साउन११.९४२०४१
भदौ१२.०६१९१०
असोज१२.१९१८५८
कात्तिक१२.६५१९११
मंसिर१२.७४१८८३
पुस१२.७९२१४९
माघ१३.०३२१२२
फागुन१३.०३१९५३
चैत१२.८४१९३४
वैशाख१२.६५१८२२
जेठ१२.५३२०४२
असार१२.३२०९७
आर्थिक वर्ष २०८०/८१
साउन१२.२४२०३३
भदौ१२.२३१९६५
असोज१२.१११८६५
कात्तिक११.९६१८५२
मंसिर११.८५१८८३
पुस११.३८२१२१
माघ११.०८२१०१
फागुन१०.७८२१०९
चैत१०.५५२०२६
वैशाख१०.३४१९६६
जेठ१०.१५२११२
असार९.९३२२४०
आर्थिक वर्ष २०८१/८२
साउन९.९३३०००
भदौ९.५२२५८०
असोज९.३३२७४२
कात्तिक९.०७२७४८
मंसिर८.९२६८२
पुस२५९४
माघ२६१३

थुप्रिएको तरलता र घट्दो ब्याजदरकाबीच सेयर धितो कर्जा उल्टै घटेको छ। चालु वर्ष कात्तिकको तुलनामा मंसिरमा सेयर धितोमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी घटेको छ।

कात्तिकमा १ अर्ब ९४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका बैंकहरुले मंसिरमा १७ करोड ७४ लाख रुपैयाँ मात्रै ऋण प्रवाह गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउनमा संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएपछि भदौमा ८ अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो।

सेयर बजारमा ऋणको माग बढेपनि आर्थिक शिथिलता कायमै रहेकाले अन्य क्षेत्रबाट कर्जाको माग हुन सकेन। जसका कारण बैंकहरुले ब्याजदर निरन्तर घटाए। ब्याजदर सस्तो हुँदा सेयर बजारमा लगानी बढ्ने ट्रेन्ड रहेकामा यसपालि भदौपछि सस्तिएको ब्याजमा लगानी घट्दै गएको देखिन्छ।

चालु वर्ष सेयर धितोमा कुन महिनामा कति ऋण प्रवाह ?

साउन१ अर्ब ३५ करोड
भदौ८ अर्ब ३२ करोड
असोज६ अर्ब ५ करोड
कात्तिक१ अर्ब ९४ करोड
मंसिर१७ करोड ७४ लाख
स्रोत : नेपाल राष्ट्र बैंक

चालु आर्थिक वर्ष पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा १७ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।

प्रभु क्यापिटलका योजना प्रबन्धक सौगात पन्त निजी क्षेत्रले ऋण लिन नसक्दा अर्थतन्त्र सुस्ताएर सबैतिर त्यसको असर देखिएको बताउँछन्।

‘प्राइभेट सेक्टरको ऋण धेरै भएको छ। पहिले  ब्याजदर घटेपछि ऋण जान्थ्यो। त्यसले बजारमा आर्थिक गतिविधि चलायमान बनाउँथ्यो। तर, अहिले उनीहरु ओभर लिबरेज भएका छन,’ उनले भने, ‘धेरैजसो कम्पनीको इक्विटीभन्दा ऋण धेरै भएको छ। यो भनेको प्राइभेट सेक्टरले ऋण कन्जम्सन गर्न नसकेको अवस्था हो।’

चालु वर्ष मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितोमा १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। यो रकम बैंक तथा वित्तीय संस्थाहरुले गरेको कुल ऋण लगानीको २.०२ प्रतिशत हो।

खराब कर्जा चुलिएका कारण अहिले निर्धक्क भएर ऋण दिने अवस्था नरहेको बैंकरहरु बताउँछन्।

‘सेयर बजारमा स्ट्रेस देखिएको कर्पोरेट अर्निङ कम भएर हो। खराब कर्जा बढिरहेका कारण बैंकहरुले अरु क्षेत्रमा पनि ऋण दिइरहेका छैनन्,’ भट्टराईले भने, ‘राष्ट्र बैंकले लागू गरेको पूरा प्रोभिजनिङ व्यवस्थालाई पुनर्विचार गर्नुपर्छ। समयको आधारमा मात्रै सतप्रतिशत नभएर धितोको आधारमा पनि प्रोभिजनिङको व्यवस्था गर्‍यो भने कर्पोरेट क्षेत्रमा नयाँ सञ्चार हुनेछ र त्यसको रिफ्लेक्सन सेयर बजारमा देखिन्छ।’