
काठमाडौं । केएमसी ग्रुपले राइन होटल लिमिटेडको व्यवस्थापनमा काठमाडौंमा बेस्ट वेस्टर्न प्लस काठमाडौं संचालनमा ल्याएको छ। साढे एक अर्ब लागतमा अमेरिकी ब्राण्डमा होटल संचालनमा ल्याइएको हो।
गौशालाको पिंगलास्थानमा संचालनमा आएको यो चार तारे होटलमा हस्पिटालिटी उद्योगमा पाइने नविनतम सेवाहरु उपलब्ध हुने जनाइएको छ।
नेपाली र पश्चिमा संस्कृतिको समिश्रण झल्किने यो होटलमा विश्वस्तरीय सेवासुविधा उपलब्ध हुने व्यवस्थापन पक्षले जनाएको छ।
होटलमा ८७ वटा कोठा रहेका छन् जसमा ४ वटा सुइट, ७ वटा प्रिमियम, १२ वटा सुपर डिलक्स र ६१ वटा डिलक्स कोठा रहेका छन्। सबै कोठामा फ्ल्याट टिभीसँगै मिनिबार, प्रमिमय ट्वाइलेट्रिज र सावरसहितको बाथरुम रहेका छन्।
होटलमा सनराईज क्याफे र ला भिस्टा रुफटप रेष्टुरेन्ट गरि दुईवटा रेष्टुरेन्ट रहेका छन्। यहाँ अतिथिहरुले नेपालीसँगै विदेशी परिकारको स्वाद चाख्न पाउनेछन्।
होटल परिसरमै हेल्थ क्लब, स्पा, स्टिम र साउनासँगै स्वीमिङ पुलको व्यवस्था छ। साथै, ६०० देखि ६५० जना अट्ने दुईवटा मल्टिपर्पस हलहरु पनि यहाँ छन्।
साढे एक अर्ब रुपैयाँ लगानीमा संचालनमा आएको यो होटलले छिट्टै आइपीओ ल्याउने तयारी पनि गरिरहेको छ।