
काठमाडौं। भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर उपहार घोषणा गरेको छ।
भाटभटेनी सुपर स्टोर्सका सीओओ पानु पौडेलले २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबरको गिफ्ट भौचर माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बाँड्ने जानकारी दिए।
उनका अनुसार गिफ्ट भौचर बराबरको सामग्री ग्राहकले भाटभटेनीका देशभर रहेका २७ वटा स्टोर्समध्ये जुनसुकैबाट खरिद गर्न सक्नेछन्।
भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकका लागि विभिन्न प्रकारका सुविधा प्याकेज घोषणा गर्दै आएको छ।
ग्राहकको सुविधा बाहेक भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा योगदान गर्दै आएका छन् । गत असोज दोस्रो साता बाढी पहिरो पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए।
उनले डा. भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई ४१ करोड रुपैयाँ सहयोग गरेका थिए।