
काठमाडौं। शिवम् सिमेन्टको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको सोमबार काठमाडौंमा भएको साधारण सभाले कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदसहित ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो। अब कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर पाउनेछन्।
कम्पनीको चुक्ता पुँजी यसअघि ५ अर्ब २ करोड ७० लाख रहेकामा अब त्यसमा ४२ करोड ९८ लाख ८ हजार रुपैयाँ थपिएको छ।
कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा भएको साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण पारित गरेको छ। साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक पनि नियुक्त गरेको छ।