टाटाले कन्सेप्ट सार्वजनिक गरेको पाँच वर्षपछि बनायो सिएरा इभी, भारत मोबिलिटी एक्स्पोमा राखिने

बिजमाण्डू
२०८१ पुष २९ गते ११:२२ | Jan 13, 2025
टाटाले कन्सेप्ट सार्वजनिक गरेको पाँच वर्षपछि बनायो सिएरा इभी, भारत मोबिलिटी एक्स्पोमा राखिने


काठमाडौं। टाटा मोटर्सले यो पटकको भारत मोबिलिटी एक्स्पोमा सिएरा इभी सार्वजनिक गर्ने भएको छ।

Tata
GBIME
NLIC

अघिल्ला एक्स्पोमा अवधारणाका रुपमा प्रस्तुत गरेका मोडलमध्ये टाटा मोटर्सले यसपालिको भारत मोबिलिटी ग्लोबल एक्स्पोमा सिएरा इभी सार्वजनिक गर्ने भएको हो।

टाटाले कन्सेप्ट सार्वजनिक गरेको ५ वर्षपछि सिएरा इभी उत्पादन गरेको हो। उसले पहिलोपटक सन् २०२० मा कन्सेप्ट सार्वजनिक गर्दा कारमा ६०-८० किलोवाट आवर(युनिट)का दुईवटा ब्याट्री प्याक उपलब्ध गराउने र फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने बताएकामा अहिले यसका विशेषता सार्वजनिक गरिएको छैन।

भारतीय बजारमा धेरै कार निर्माताले धेरै मोडेल प्रस्ताव गरेका छन्। तर एक्स्पोमा कन्सेप्ट मोडलका रूपमा देखाइएका सवारीसाधन बजारमा बिक्रीका लागि उपलब्ध गराइएको छैन। यसमा टाटा मोटर्स पनि पर्छ।

गत अटो एक्स्पोमा धेरै मोडलको कन्सेप्ट ल्याएपछि कतिपय मानिस कारको प्रतीक्षामा रहेकामा टाटाले अझै उपलब्ध गराउन सकेको छैन।